अमेरिकाले गर्यो साउदी अरेबियासंग यति ठुलो हतियार सम्झौता

एजेन्सी–अमेरिका र साउदी अरेबियाबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । राष्ट्रपतिका रुपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरेबिया बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

ह्वाइट हाउसले साउदीसंगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ । दुई मुलुकबीच हतियार सहित विभिन्न विषयमा ३ सय ५० अरब डलरको व्यापारिक सम्झौता भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि रियाद पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई साउदी राजा सलमानले विमानस्थलमा स्वागत गरेको थिए । राजा सलमानले ट्रम्पलाई साउदी अधिराज्यको सर्वोच्च नागरिक सम्मान समेत प्रदान गरेका छन् ।

मुस्लिम विरोधी छबीका अमेरिकी राष्ट्रपति ट्रम्पले रियादमा ४० भन्दा बढी मुस्लिम मुलुकका नेताहरु सहभागि हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा अतिवादी समूहहरुविरुद्ध लड्ने मुलुकको बाहुल्य रहने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here