एजेन्सी– उत्तर कोरियाले आफ्नो नयाँ बेलास्टिक मिसाइलको सफल परीक्षणमा खुसी व्यक्त गर्दै यसले अमेरिकालाई ठूलो चुनौती दिने बताएको छ ।
उत्तर कोरियाका शीर्ष नेता किम जोन उनले परीक्षण सफल भएको भन्दै अब पूरै अमेरिकामाथि धावा बोल्न सकिने बताएका छन् । मिसाइको परीक्षण उत्तर कोरियाको पहिलो आइसी वीएमको तीन हप्तापछि गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले उत्तर कोरियाको यो कदमलाई निकै लापरवाही पूर्ण र खतरनाक बताएका छन् ।
चीनले पनि मिसाइल परीक्षणको निन्दा गरेको छ साथै सवै सम्बन्धित देशलाई एक जुट हुन सल्लाह दिएको छ । उसले समय रहँदै समुचित निकास निकाल्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

