अमेरिकालाई इरानको जवाफ !

एजेन्सी– इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो ।
सन् २००९ देखि हालसम्म इरानले पाँच वटा रकेटको प्रक्षेपण गरिसकेको अन्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इरानको सरकारी टेलिभिजन च्यानलले जनाएअनुसार यो रकेटले २५० किलोग्रामको स्याटेलाइटलाई ५ सय किलोमिटरको उचाइसम्म लिएर जान सक्छ ।
इरानले रकेट प्रक्षेपण गरेकोप्रति अमेरिकाले भने कडा आपत्ति जनाएको छ । अमेरिकाले इरानको कदमले आफूलाई उत्तेजित पारेको जनाएको छ । रकेट प्रक्षेपणबाट अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ दिएको इरानले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here