अमेरिकामा प्रचण्ड भेटवार्तामा व्यस्त !

काठमाडौं,११ चैत । श्रीमतीको उपचारका लागि अमेरिका पुग्नुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भेटवार्तामा व्यस्त रहनुभएको छ । उहाँले आज दक्षिण एशिया मामिला हेर्ने अमेरिकी अधिकारी एलिस जी वेल्सबीच भेटवार्ता गर्नुभएको छ ।
अघिल्लो साता अमेरिका पुग्नुभएका प्रचण्डसँगै रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँहरुबीच भएको भेटवार्ता पोष्ट गर्नुभएको थियो ।

छलफल कुन विषयमा भयो भन्नेबारेमा खुलाइएको छैन । चार दिनअघि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलेसीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीको सरकारी निवासमा भएको भेटमा डेलेसीले प्रचण्डसँग नेपालको शान्ति प्रक्रियाको बेला भएका भेटवार्ता स्मरण गर्दै नेपालको सम्वृद्धिका लागि नयाँ विचार बनाउन सहयोग पुग्नेगरी छलफल भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here