काठमाडौँ,२६पुस । नेपाली मुलका ह्यारी भण्डारीले अमेरिकामा हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ लिएका छन् । भण्डारीले वेदलाई साक्षी राखेर सपथ लिएका हुन् । अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली पनि हुन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटमा उनी विजयी भएका थिए । राजधानी एनापलिसस्थित स्टेट हाउसमा हिजो भण्डारीले पदको सपथ लिएका हुन् । गत जुन २६, २०१८ मा भएको प्रथम चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए ।

