काठमाडौं,८ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इण्डो–प्यासिफिक रणनीतिमा नेपालको संलग्नता नरहने बतानुभयो । अमेरिका भ्रमणका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले इण्डो–प्यासिफिक रणनीतिमा नेपाल नबस्ने प्रष्ट पार्नुभयो ।
उहाँले अमेरिकी समकक्षीले इण्डो–प्यासिफिक रणनीतिमा नेपालको पनि भूमिका आउन सक्ने जानकारी दिएको भन्दै नेपालको असंलग्न रहने विषयमा आफूले प्रष्ट पारेको बतानुभयो ।
इण्डो–प्यासिफिक रणनीतिका सन्दर्भमा र सार्कका विषयमा पनि अमेरिकी समकक्षी माइक पम्पियोसँग दुई मुलुकबीच कुरा भएको ज्ञवालीको भनाई छ । अमेरिका भ्रमणले दुई मुलुकबीच १७ वर्षपछि विकासको ढोका खुलेको बतानुभएको छ ।

