काठमाडौं,२४पुस । बलिउडका चर्चित अभिनेता दिलीपकुमार र उनको श्रीमती सायरा बानो घरको विवादबाट चर्चामा आएका छन् ।
दिलीपकुमारले एउटा बिल्डर समिर भोजवानीले आफ्नो पाली हिलस्थित घरको झुटो कागजात बनाएर हक खोस्न चाहेको र आम मानिसमा आफ्नो प्रतिष्ठालाई बिगारेको आरोप लागाएका छन् ।
उनकी पत्नीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिल्डर भोजवानीबाट आफुलाई बचाउन गुहार समेत मागेको दैनिक भाष्कर अनलाइनमा खबर छ ।
पछिल्ला दिनहरुमा भोजवानीको विरुद्धमा २ सय करोड रुपैंयाको मानहानीको दावी गरिएको छ । दिलीप कुमारले घरको जग्गा सन् १९५३ मा किनेको बुझीएको छ ।
त्यो समय जग्गाको लागत करिब १ दशमलव ४० लाख रुपैंयाँ थियो । स्टार दिलिप कुमार घर जग्गा कारोबारको विवादमा आउनु बलिउडकालागि नयाँ विषय होइन यस भन्दा अघि अन्य स्टार पनि यस्ता विषयमा मुछिदै आएका छन् ।

