काठमाडौं प्रहरीलाई हरेक महिना पुरस्कृत गरिने, तर किन ?

काठमाडौं,१३ चैतःमहानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ वर्षबाट उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महिना पुरस्कृत गर्ने भएको छ ।

प्रहरी जवान देखि प्रहरी नायब उपरीक्षक डीएसपी पदसम्मका ६ जनालाई प्रत्येक महिना ‘काठमाडौं प्रहरी अवार्ड’ ले सम्मान गर्न लागिएको हो ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले मातहतका प्रहरी अधिकृत मध्ये उत्कृष्ट डीएसपीलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने   बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here