अबको प्राथमिकता समृद्धि र विकास-वरिष्ठ नेता रामचन्द्र पौडेल

पोखरा, २३ माघ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्राथमिकता समृद्धि र विकास भएको बताउनुभएको छ ।

पुम्दीकोट विकास समितिद्वारा आज आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले राजनीतिक विवादलाई थन्क्याएर विकासका लागि जुट्नुपर्ने बेला आएको बताउनुभयो ।

राजनीतिक आन्दोलनको सफलतासँगै देशले संविधान प्राप्त गरेको बताउँदै उहाँले संविधानमा लेखिएअनुसार अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचनाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता पौडेलले प्रकृतिको राजधानी प्रदेश नं ४ लाई समृद्ध बनाउने धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पुम्दीकोट धेरै सम्भावनायुक्त स्थल भएको बताउँदै समग्र प्रदेश नं ४ लाई धार्मिक पर्यटनको उत्कृष्ट स्थल बनाउन सकिने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here