अबको काठमाडौं धुलोमुक्त

काठमाडौं,१४ मंसिर–  काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेको छ । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा आजबाट ब्रुमर थपिएको हो ।

सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहआज विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरिएको छ ।
१ डम्फर (करिव ५०० किलोग्राम) मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । धुलोमुक्त सडकको परिणाम निकाल्न विद्यमान पूर्वाधार नै समस्या देखिएको महानगरपालिकाको ठहर छ ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले पूर्वाधारजन्य समस्याको समाधानका लागि सडक विभागसँग छलफल गरेर समाधान निकाल्ने बताउनुभयो ।
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक भने खुशी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here