अफगानी सुरक्षा फौजको संख्यामा १० प्रतिशतले कमि

एजेन्सीःअफगानी सुरक्षा फौजको संख्यामा १० प्रतिशतले कमि आएको अमेरिकि अनुगनकर्ताले जनाएका छन् ।  गत १२ महिनामा भएका आक्रमणमा घटनामा वृद्धि भएको अध्ययनले देखाएको छ । १० प्रतिशतले अफगान सुरक्षा फौज संख्यामा आएको कमिका कारण संख्या ३ लाखमा खुम्चिएको छ ।

गत साता भएका आक्रमणमा अफगानिस्तानका विभिन्न क्षेत्रमा ४० जनाको मृत्यु भएको थियो । अफगान रक्षा मन्त्रालयले भने सो अध्ययनको खण्डन गर्दै अतिवादी समुहको सामना गर्न यथेष्ट फौजको संख्या रहेको जनाएको छ ।

११ विभिन्न कार्यक्रममा सहभागी सुरक्षा फौज उच्च मनोबलका साथ खटिएको रक्षा मन्त्रालयले दाबी गरेको छ । सो अध्ययन अनुसार अफगानिस्तानको कुल जनसंख्याको ठुलो हिस्सा तालिवान नियन्त्रित क्षेत्रमा रहेका छन् । ४ सय ७ जिल्ला मध्य १४ दशमलभ ५ प्रतिशत  भु–भागमा तालिवानको नियन्त्रणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here