अपरान्ह भोटो देखाउने

काठमाडौं,३० बैशाख–वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा ललितपुरको जावलाखेलमा आज अपरान्ह ४ बजे राष्ट्रपति, उपराष्ट्रपति, लगायत उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहनेछ ।

राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।

गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् । मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । यद्यपी भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन ।

ललितपुरको थटीटोलमा रहेको रथलाई तानेर गत विहिबार जावलाखेल पुर्‍याईएको थियो । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here