[अपडेट]विराटनगर महानगरमा बम बिस्फोट, ८ जना नियन्त्रणमा

काठमाडौँ, २७ साउन:विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विस्फोट भएको हो । बिस्फोटमा कुनै मानवीय क्षति भएको छैन ।

बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्कीलगायत केही वडाध्यक्ष उपस्थित थिए।

विस्फोटको घोर भर्त्सना गर्दै मेयर पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरुले विस्फोट गराएको हुनसक्ने बताए।आफूलाई कुनैपनि पक्षबाट धम्की नआएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्नेलाई लक्षित गरी विस्फोट गराउनु घोर निन्दनीय भएको बताए। विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अहिले महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसिरहेको छ।
यसैबीच विस्फोट नेत्रविक्रम चन्द समूहका माओवादी कार्यकर्ताले गराएको आशंका गरिएको छ। २९ गते नेपाल बन्दलाई सफल पार्न आइतबार र सोमबार उनीहरुको प्रचारात्मक कार्यक्रम रहेकाले यो विष्फोट उनीहरुले नै गरेको आशंका गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here