अपडेटःधादिङको नौबिसे केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको परकम्प

काठमाडौं,११ बैशाख । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा ठुलो भुकम्पको धक्का महशुस भएको छ । बिहानै २ पटक भुकम्पको परकम्प जादा काठमाडौं लगायतका आशपासका क्षेत्रमा त्रास देखिएको थियो ।

भुकम्प मापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्रविन्दु भएर बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here