अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु

(एजेन्सी)अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ । इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन् ।

प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ । घटनामा पाँच जना प्रहरी घाइते भएका छन् ।उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पानीका ठूला पाइपका लागि चाहिने भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण भएको हो । कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here