अन्तिम समयमा उरुग्वे १–०ले विजय,दोस्रो समुहमा मोरक्को र इरान तथा पोर्चुगल र स्पेन भिड्ने

एजेन्सी-१ असारःविश्वकप फुटवल अन्तरगत आज भएको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरुभएको उरुग्वे र इजिप्टको खेलमा अन्तिम समयमा आएर उरुग्वेले एक गोल हानेको थियो ।

निकै प्रतिस्पर्दा रहेको खेलमा उरुग्वेले धेरै पटक आफ्नो गोल हान्ने मौका गुमाएको थियो ।  विश्वकप २०१८ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । समूह एमा रहेको उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले हराएको हो ।

उरुग्वेका लागि खेलको ८९ औँ मिनेटमा कार्लोस सान्चेजले हानेको फ्रिकिकमा होजे गिमिनेजले हेडमार्फत गोल गरेका    थिए ।  खेलको ७३ औँ मिनेटमा स्टार खेलाडी लुइस स्वारेजले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह भने चोटका कारण आजको खेलमा बेञ्चमै बसेका थिए ।

समूह एमा आयोजक राष्ट्र रुस ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने उरुग्वे समान अंकका साथ दोस्रो स्थानमा रहेको छ ।  खेलको म्यान अफ द म्याच भने इजिप्टका गोल रक्ष्क भएका थिए । आजै राति ८ः४५ बजे मोरक्को र इरान तथा राति पौने १२ बजे चर्चित टोली पोर्चुगल र स्पेन भिड्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here