अन्तिम समयमा काँग्रेस बैठक स्थगित, देउवा र पौडेलबीच दुरी बढ्यो !

काठमाडौं,१४ फागुन । पछिल्लो समय काँग्रेसमा देखिएका आन्तरिक विवादले ठुलो स्वरुपलिने देखिएकाे छ । केहि दिन अघि विद्यार्थी संगठनका कारण दुई नेताबीचकाे हातहालाहालको अबस्था आउनु, नेविसंघका दुई समुहबीच ढुङगा हानाहान हुनु, केन्द्रीय समितिले आफु खुशी निर्णय दिनु जस्ता विषयले पनि पार्टीका नेताबीच दुरी बढ्दाे छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बाेलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला पक्ष बैठक हलमा उपस्थित नभएपछि बैठक अघि बढाउने कि रोक्ने अन्यौल थियो ।  सभापति देउवा पक्षका केहि नेता भने बैठकमा प्रवेश गरेपनि दुई नेताका समर्थक अन्य नेता भने बैठकमा गएनन् । बैठक बस्न नसक्ने अबस्था आएपछि अन्तिम समयमा आएर स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको थियो ।

निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बैठक बोलाइएको थियाे । तर अन्तिम समयमा आन्तरिक कारण देखाउँदै बैठक स्थगित भयो । दुबै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले आज बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुबै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएको छ । यस अघि बिहान दुई नेताले बैठकमा उपस्थित नहुने जनाएका थिए । आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग असन्तुष्ट देखिनुभएको थियो ।

दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेस केन्द्रिय कार्य समितिको आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।  शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने तयारी भएको बताउनुभयो । पार्टीको औपचारिक कार्यक्रमलाई ध्यानमा राखेर पनि अव बस्ने केन्द्रिय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here