अन्तिममा दिए जिम्बावेका राष्ट्रपतिले राजीनामा

एजेन्सी–  जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन् । जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति मुगाबे पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन् ।
सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरिएपछि उनले राजीनामा दिएका हुन् । महाभियोग दर्ता प्रक्रिया सुरु भएपछि मुगावेले संसद्का नाममा चिठी पठाएर राजीनामा दिएको सभामुखले जानकारी दिएका छन् ।
पत्रमा उनले ‘तत्काल लागू हुने गरी’ राजीनामा दिएको उल्लेख गरेका छन् । राष्ट्रपति मुगाबेको राजीनामाको खुशीयालीमा लाखौं नागरिक सडकमा उत्रिएका छन् ।
उनले श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेपछि त्यहाँको सेना र नागरिक विरोधमा उत्रिएका थिए । सेनाले शक्ति हातमा लिँदै ९३ वर्षीय मुगाबेलाई घरमै नजरबन्दमा राखेको थियो ।
त्यसपछि सत्तारुढ दल जानु पीएफले राष्ट्रपति मुगाबेलाई दलको नेताबाट समेत बर्खास्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here