अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री ओली

काठमाडौं,१३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्न लाग्नुभएको छ । परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्री ओलीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई सरकारको नीति र प्राथमिकताबारे ‘ब्रिफिङ’ गर्न लाग्नुभएको हो ।

निर्वाचनको पर्यबेक्षण गर्न आएको ईयू मिसनले नेपालको आन्तरिक मामिलामा दख्खल दिने गरी दिएको प्रतिवेदनको चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीले कूटनीतिक प्रमुखहरुसँग दिवाभोजसहितको कार्यक्रम राखेका प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्न राखिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको विदेश नीति, कार्यक्रम, प्राथमिकताकाबारे जानकारी गराउनु हुनेछ ।
प्रधानमन्त्रीले सरकारको लोकतन्त्र र मानवअधिकारप्रतिको प्रतिवद्धतावारे आश्वस्त पार्दै विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न सकिने धारणा पनि राख्नु हुने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here