अन्तर्राष्ट्रिय पुष्प मेला जारी

काठमाडौं, १८ चैत– तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला तथा प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा जारी छ । शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ भन्ने मूलनाराका साथ सुरु भएको मेला २० गते सम्म चल्नेछ ।
कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा सुरु भएको मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता रहेको छ ।
मेलामा ४५० मौसमी पूmल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, पूmलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here