अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले अनुमोदन

web

काठमाडौं,२५ असोज । व्यवस्थापिका संसदले अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको थियो । सो विधानको सैद्धान्तिक छलफलमाथि नेपाल मजदुर किसान पाटीका दिल्ली काफ्ले र प्रेम सुवालले भाग लिँदै विज्ञान र प्रविधिको वर्तमान युगमा नवीरकणीय ऊर्जा आवश्यक भएको बताउनुभयो ।
छलफमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप, अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने जानकारी दिनुभएको थियो ।
साथै, संसदले भाषा आयोगको बिद्येयक २०७३ माथि बिचार गरीयोस् भन्ने प्रस्ताबलाई सर्वसम्मत स्विकृत गरेको छ । असोज २४ गते गणपुरक संख्या नपुगेपछि निणायर्थ पेश हुन नसकेको सो प्रस्ताव सभामुख ओनसरी घर्तीले सदन समक्ष प्रस्तुत गर्नुभएको थियो । संसद बैठक भोली दिउसो १ बजे पुन बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here