अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं,२५ माघः सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा हुने प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा १६, सिनियर गर्ल्समा ८ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने छ । सिनियर र जुनियर ब्वाइजलाई ४ समूह तथा सिनियर गर्ल्स लाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ ।
पहिलो दिन सिनियर गर्ल्समा इनोभेटिभ र एआईएबीचको उद्घाटन खेलसहित ८ खेल हुने छन् । फागुन ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here