अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घट्यो

एजे्न्सी, २१ माघः अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । अमेरिकी अर्थतन्त्रले अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरेको समाचारसँगै डलर बलियो बनेपछि सुनको भाउ दबाबमा आएको हो ।

श्रम बजार सुदृढ रहेको पछिल्लो तथ्याङ्कले अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिजर्भ’ लाई ब्याजदर बढाउन प्रेरित गर्ने अनुमान बढेको छ ।

योसँगै मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलर सूचकमा अक्टोबर अन्त्ययताकै तीव्र दैनिक वृद्धि भएको थियो । यसले अन्य मुद्रावाहकका लागि अमेरिकी डलरमा किनबेच हुने सुन महँगो बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here