अनौठो रोगले लग्यो ४ जना

सुनसरी, २ भदौं–  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ ।
मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समुहका बालबालिका रहेका छन् । उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले जानकारी निु भयो । स्क्रबटाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै एक हुनसक्ने डा पौडेलले बताउनु भयो ।
उहाँले परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भएकाले के रोग हो भन्ने पहिचान गर्न नसकिएको उल्लेख गर्नु भयो ।
अनौठो रोगले विरामीको मृत्यु हुन थालेपछि अस्पतालको रिपोर्टिङ सिस्टम अनुसार मेडिकल रेकर्ड सेक्सनले काठमाडौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here