अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट

कञ्चनपुर, १८ मंसिर-पाँच वर्षको उमेरमै पक्षघात हुँदा अपांगता भएका कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगाका ४२ वर्षीय दयाराम रानाले सीपमूलक कार्य गर्नका लागि अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाउनुभएको छ ।

फर्निचर निर्माण गर्ने परम्परागत सीप सिकेका राना आधुनिक किसिमका फर्निचर निर्माण गर्नका लागि सीप सिकेर आफ्नै फर्निचर उद्योग सञ्चालन गर्न चाहनुहुन्छ । “परम्परागत सीपलाई आधुनिकिकरण गर्न नसक्दा थोरै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “तीन छोरासहित पाँच जनाको परिवारको खर्च चलाउन परम्परागत सीपले धान्दैन ।” अपांगता भएका व्यक्तिलाई सीपमूलक कार्य गर्नका लागि अनुदान रकम र तालीमका लागि सहयोग गर्ने उम्मेदवारलाई यस पटक मतदान गर्न आतुर भए पनि अहिलेसम्म कोही पनि मत माग्नै नआएको उहाँले बताउनुभयो ।

अपांता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा उम्मेदवारले समेत भेटेनन् नौरंगामा आयोजना गरिएको २६औँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा भेटिएका रानाले गुनासो गर्दै बताउनुभयो । राजनीतिक दलका कार्यकर्तालाई अपांगका आवाज उम्मेदवारसम्म पु¥याइदिन आग्रह गरिएको उहाँले बताउनुभयो । अपांगता भएका व्यक्तिलाई सपांग जस्तै शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा अवसर दिई आत्मनिर्भर बनाइनुपर्ने जानमती रानाले बताउनुभयो ।

“परिवार र समाजका लागि केही गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “हामीलाई अवसर दिनुप¥यो, त्यसका लागि सक्षम उम्मेदवारलाई यस पटक छनोट गरेर नै मतदान गर्छौं ।” अपांगता हँुदा विगतमा समाजमा घृणा गर्ने, होच्याउने, अपांगता भएका परिवारका लागि बोझ जस्ता शब्द सुनेर २७ वर्षीया सोमवती राना वाक्क र दिक्क मान्ने गरेको बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here