अनिवार्य अवकाशमा जानेहरू स्वेच्छिक अवकाशमा

काठमाडौं, १२ फागुन – सरकारले सरकारले स्वेच्छिक अवकाशका लागि आवेदन दिन दिएको ४५ दिनको समय १३ फागुन गते (भोलि) सकिँदै छ । यस अवधीमा स्वेच्छिक अवकाशका लागि करिब तीन हजार कर्मचारीले आवेदन दिएका छन् ।

सरकारले ४५ दिनको समय दिएर समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको अवसर घोषणा गरेको थियो ।सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार देशभर करिब तीन हजार कर्मचारीले निवेदन दिएको विवरण प्राप्त भएको छ । तर, सबै कार्यालयले मन्त्रालयलाई विवरण उपलब्ध गराइनसकेकाले निवेदन दिएकाको संख्या थप वृद्धि हुन सक्ने उहाँले जानकारी दिनुभयो । हरेक जिल्ला प्रशासन कार्यालयबाट विवरणहरू लिइरहेको भन्दै उहाँले अहिले ठ्याक्कै यति नै हो भन्न नसकिने बताउनुभयो ।

स्रोतका अनुसार सरकारले निजामती कर्मचारीको अवकाशको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । नयाँ सरकार गठनसँगै सरकारले निजामती कर्मचारीको उमेरहद दुई वर्ष बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।

अनिवार्य अवकाशमा जानेहरू स्वेच्छिक अवकाशमा
दुई–तीन महिनाभित्र अनिवार्य अवकाशमा जाने करिब सबै कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उनीहरूले सात वर्षको एकमुष्ठ पेन्सन सुविधा पाउने लोभमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका हुन् । स्वेच्छिक अवकाश डेक्स हेर्ने एक कर्मचारीका अनुसार अनिवार्य अवकाश पाउन एक दिन मात्र बाँकी रहेका कर्मचारीले समेत स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here