अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

काठमाडौं, २२ असोज– चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै चार दिन देखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या आएको छ ।
अनसनमा रहेका डा. केसीको मांसपेशी बाउँडिने, रिगंटा लाग्ने समस्या देखापरेको डा. केसीका सहयोगी डा. अभिषेक सिँहले जानकारी दिनुभयो ।
डा. केसीले कुनै पनि स्वास्थ्य सहयोग स्वीकार नगरेको सिंहको भनाई छ । डा. केसीले चार बुँदे मागसहित १३ औँ पटकको अनसन बिहिबार सुरु गर्नु भएको हो ।
राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले आफ्ना माग प्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ । अनौपचारिक छलफल भएपनि सरकार पक्ष सँग कुनै पनि औपचारिक वार्ता नभएको केसी पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here