अनसनरत डा.गजुरेलको अवस्था गम्भीर

काठमाडौं, १६ असोज– आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै ६ दिन अघिदेखि आमरण अनशनमा रहनुभएका प्राध्यापक डा. महेशकुमार गजुरेलको स्वास्थ्य अबस्था गम्भीर हुँदै गएको छ ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा अनशन बस्नुभएका प्राध्यापक गजुरेलको स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्यकर्मी ल्याएर उपचार गरिएको छ ।
गजुरेलको शरीरमा पानी र ग्लुकोजको मात्रा कम भएर मृगौलामा समस्या आएको उपचारमा संलग्न चिकित्सक सुलभ राजभण्डारीले जानकारी गराउनु भयो ।
करार गर्न पटक–पटक ज्ञापन पत्र, धर्ना र रिले अनशनलगायतका आन्दोलन गर्दा माग सुनुवाई नभएपछि गजुरेल बुधबारदेखि आमरण अनशन बस्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here