अनसनरत डा.केसी चिसोले ग्रशित

इलाम, २७ पुस । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीलाई चिसो सकस भएको छ । डा.केसी इलामको फूलगाछीमा अनसन बसिरहेका छन् । आज उनको अनसनको तेस्रो दिन हो । चिसोले अनसनमा सकस भइरहेको अनसनस्थलमै खटिएका धर्म गौतमले बताउनुभयाे ।

चिसोले स्वास्थ्यमा पर्न सक्ने असरका कारण अाज बिहानै स्वास्थ्यकर्मीको टोली डा.केसीको स्वास्थ्य परिक्षण गरेको छ । डा.केसीको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताए ।

यस अघि सरकारले डा.केसीसँग गरेको सहमति विपरित चिकित्सा शिक्षा विधेयक ल्याउन लागेपछि उनी २५ पुसदेखि अनसनमा बसेका हुन् । १५औं अनसन जुम्लामा बसेका डा.केसीले १६औं अनसनका लागि क्ष्लामको फूलगाछी रोजेका  हुन् । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा.केसी पहिलो पटक २१ असार, ०६९ मा अनसन बस्नुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here