काठमाडौँ, ४ माघ । अनलाइनमार्फत बसको टिकट काट्न सङ्ख्या बढिरहेको छ। अनलाइनमार्फत टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको हो ।
यात्रुले आफ्नो मोबाइल, इन्टरनेटमार्फत घरैबाट अथवा नजिकको साइबर कम्युनिकेशनबाट टिकट काट्न सकिने भउपछि युको प्रभान बढेको छ ।
अहिले धेरै क्षेत्रमा अनलाइन भुक्तानी तथा कारोवार शुरू भए पनि सार्वजनिक यातायातका साधनमा प्रविधिको प्रयोग हुन नसकिरहेका बेला बस सेवाले यातायात व्यवसायीलाई आवश्यकपर्ने ‘बि–सफ्ट’ नामक सफ्टवेयर निर्माण गरी अनलाइनबाटै टिकट काट्न सकिने सेवा ल्याएको हो । नेपालका अधिकांश रूटमा अनलाइन टिकट काट्न सकिन्छ ।
अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् ।
यस्तै यात्रुलाई पनि घरबाटै टिकट काट्न सकिने हु“दा समय र खर्च दुवैको बचत हुनुका साथै टिकट बुकिङकै लागि काउण्टरमा गई लाइन बस्नुपर्ने सास्तीबाट मुक्ति मिल्ने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताउनु भयो ।
बस सेवा डटकम, बस सेवा मोबाइल एप्सलगायतका माध्यमबाट टिकट काटी ई–सेवा, आइएमई पे, इप्रभुलगायतका भुक्तानी सेवा प्रदायक तथा इन्टरनेट बैंकिङ र मोबाइल बैकिङमार्फत टिकट काट्न सकिन्छ ।

