अध्याध्येशको बारेमा विपक्षीले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक छैनःनेता सिंह

काठमाडौं,१ पुस– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्याध्येशको बारेमा लिएर विपक्षी दलले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नरहेको बताउनुभएको छ ।
थापागाउँ सुधार समितिले आज आयोजना गरेको ‘बधाई एवम् धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्याध्येशमार्फत राष्ट्रिय सभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसदमा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गर्नुभयो ।

संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here