अध्यादेश जारी नहुँदा चुनावको मतपरिणाम सार्वजनिक गर्न समस्याः इला शर्मा

काठमाडौं,४ पुस–  निर्वाचन आयुक्त इला शर्माले राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी नहुँदा चुनावको मतपरिणाम सार्वजनिक गर्न समस्या परेको बताउनुभएको छ ।

राष्ट्रिय सभामा कुन दलका कति महिला आउँछन् भन्ने एकिन नभएकाले प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न आयोगलाई अप्ठेरो परेको उहाँले दाबी गर्नुभयो ।

समानुपातिकबाट प्रतिनिधित्व सुनिश्चित गर्ने दुई विधि मध्ये एउटा बन्द सूची र अर्को एकल संक्रमणीय निर्वाचन प्रणाली भएको उल्लेख गर्दै उहाँले एकल संक्रमणीय असंवैधानिक भन्ने प्रचार गलत भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय सभा सम्बन्धी कानून नहुँदा आयोगलाई काम गर्न अप्ठ्यारो परेको समेत बताउनुभयो । आयोगले पटक पटक राष्ट्रिय सभा कानून ल्याउन आग्रह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here