अध्यागमन प्रहरीलाई जिम्मा लगाउने सरकारको तयारी

काठमाडाै, १२ भदाै । सरकारले अध्यागमन विभाग निजामती कर्मचारीबाट खोसेर नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ ।

निजामती कर्मचारीले अध्यागमन विभाग, त्यस अन्र्तगतका कार्यलयहरुको प्रभावकारी व्यवस्थापन र नाकाहरुबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको सरकारको निष्कर्ष छ ।

गृहमन्त्री जनार्दन शर्माबाटै भइरहेको यस्तो गृहकार्यलाई लिएर गृह सचिव लोकदर्शन रेग्मी सहितका उच्चपदस्थ चाहिं असन्तुष्ट छन ।

मन्त्री शर्माले गत महिना अध्यागमन विभागका तत्कालिन महानिर्देशक गंगाराम गेलाललाई बोलाई अध्यागमन व्यवस्थापन प्रहरीलाई दिने तयारीबारे बताउनु भएको थियो । अर्थ मन्त्रालयमा सरुवा हुन अघि गेलालले कर्मचारीहरुसँग गृहमन्त्रीको उक्त भनाईबारे जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here