अध्यक्ष दाहालले भनेः छोरा प्रकाश पूर्णायु बाँचे

काठमाडौं,१७ असार ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दिवंगत छोरा प्रकाश दाहाल पूर्णायु बाँचेको बताउनुभएको छ । प्रकाशको ३८ औं जन्मजयन्तीका अवसरमा उनकै सम्झनामा स्थापित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा दाहालले छोराको स्मरण गर्दै यस्तो बताउनुभयो ।

उहाँले “३६ वर्ष अल्प उमेर हो । तर पनि प्रकाशले अल्प आयु बाँच्यो भन्ने लाग्दैन । छोटै उमेरमा उनले आर्जन गरेको तितो, मिठो अनुभव, सफलता, विफलता, राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय अनुभवले उनले पूर्णायु बाँचे जस्तो लाग्छ,” उहाँले भन्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत भएपछिको निर्वाचनको सँघारमा प्रकाशको निधन हुँदा आफ्नो परिवारले मात्र नभइ देशले नै क्षति महसुस गरेको बताउनुभयो ।

कार्यक्रममा प्रकाशको पर्वतीय गतिविधिबाट प्रेरित भएर प्रतिष्ठानले पर्वतारोहण क्षेत्रमा विशिष्ट योगदान र्पुयाउने पाँच जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा कोरियन नागरिक उम हङ गिल, ज्ञानेन्द्र श्रेष्ठ, छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, आङ सार्की शेर्पा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here