काठमाडौं, ४ जेठ– एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण दासढुंगा हत्याकाण्डको रहस्य पत्ता नलागेको आरोप लगाएका छन्।
पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २४ औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा ओलीले यस्तो आरोप लगाएको आजको नयाँपत्रिकामा छ। २०५० जेठ ३ गते भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुंगामा दुर्घटना भएको थियो।
‘जननेता मदनको रहस्यमय तरिकाले हत्या हुँदा तत्कालीन सरकारको नेतृत्व कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए, तर उनले छानबिन आयोगसमेत गठन गर्न मानेनन्,’ ओलीले भने, ‘समयमा भिसेरा परीक्षण गर्न नपठाएका कारण प्रमाण नष्ट भयो।’

