आज अध्यक्षद्वय दाहाल र ओलीले संयुक्तरुपमा स्वास्थ्य परिक्षण गर्दै

काठमाडौं,२ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्तरुपमा स्वास्थ्य परिक्षण गर्ने हुनुभएको छ ।

वाम गठबन्धन निर्माण गरि आसान्न प्रदेश र प्रतिनिधिसभाको चुनाव प्रचारमा निश्कनुभएका नेताद्वय ओली र दाहालले स्वास्थ्य परिक्षण गर्न लाग्नुभएको हो ।

उहाँहरुको स्वास्थ्य परिक्षण चुनावी धपेडीका कारण देखिएको समस्याकालागि नभई  झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालले आयोजना गर्ने पूर्वाञ्चल स्वास्थ्य महोत्सबको उद्घाटनका लागि हो ।

नेकपा एमालेका अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष दाहालले स्वास्थ्य परिक्षण गरि महोत्सवको उद्घाटन गर्नुहुने भएको हो ।

गरिने मेची अञ्चलका २९ लाख जनताको स्वास्थ्य उपचारमा सहज पहुच पुर्याउन अस्पतालले आजदेखि ४ दिने स्वास्थ्य महोत्सब आयोजना गर्न लागेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here