अधिवक्ताहरूलाई दलीय भावनाबाट माथि उठ्न आग्रह लालबाबु राउतको आग्रह

जनकपुर,२७ असार ।  प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले अधिवक्ताहरूलाई दलीय भावनाबाट माथि उठ्न आग्रह गरेका छन् । नेपाल वार एशोसिएसन केन्द्रीय कार्यालयले आज जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राउतले दलीय भावनाअनुरूप अधिवक्ताले पनि अभिव्यक्ति दिनु चिन्ताको विषय भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयनको लागि नेपाल वार एशोसिएसनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । संविधान स्पष्ट रहेका व्यवस्थामा पनि तीनै तहका सरकारबीच मतभिन्नता भइरहेको हुँदा त्यसलाई स्पष्ट व्याख्या गर्न वारको भूमिका महत्त्वपूर्ण रहेका बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here