विराटनगर,२१ मंसिर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिनायकवाद नेपालमा सम्भव नभएको उल्लेख गर्नुभयो।
विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताउनुभयो ।
कोइरालाले २००७ सालदेखि लोकतन्त्रकालागि लडेका नेपाली जनतालाई अधिनायकवाद स्विकार्य नहने जिकिर गर्नुभयो । संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाको विश्वास छ ।

