अधिकाँस जिल्लामा मत गणना सुरुः निर्वाचन आयोग

काठमाडौं, १५ असार– दोस्रो निर्वाचन सम्पन्न भएका अधिकांश स्थानीय तहको मतगणना आजदेखि सुरु भएको छ । दोस्रो चरणमा चुनाव भएका १, ५ र ७ नम्बर प्रदेशका तीन सय ३४ मध्ये अधिकांश स्थानमा आजदेखि मात्र मतगणना सुरु भएको हो ।

पहाडी जिल्लाहरुमा मतपेटिका संकलन हुने क्रम जारी रहेको र सर्वदलीय बैठक बसेर गणनाका लागि आचारसंहिता पारित गर्नुपर्ने भएकाले धेरै जसो निर्वाचन अधिकृतले आज बिहानदेखि गणना गर्ने सूचना उम्मेदवार र राजनीतिक दललाई दिएका छन् । एक नम्बर प्रदेशका सबै जसो स्थानीय तहमा आज बिहान सर्वदलीय बोलाइएको छ ।

विराटनगर महानगरपालिमा इटहरी र धरान उपमहानगरपालिमा ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । ५ र ७ नम्बर प्रदेशमा पनि आजबाटै गणना गर्ने तयारी गरिएको छ ।

बिहानसम्मको जानकारी अनुसार २ सयभन्दा बढी ठाउँमा मतगणना भइरहेको छ । मतगणनामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा रहेको छ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनु भएको छ ।

नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा ४ सय ७८ मत ल्याएर कांग्रेस उम्मेदवार विजयी हुनुभयो भने उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवारले विजयी हुनुभएको छ ।

यता रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर १! मा नेपाली कांग्रेसका उमेदवार प्यानलसहित विजयी भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उमेदवार अजमत डाँगी ३२२ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका उमेदवारलाई पराजित गर्दै डाँगी विजयी भएका हुन् । एमालेका उमेदवार चुडामणी ओलीले २२७ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले मतगणना भइरहेको स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारेको जनाएको छ । मतगणना नभएका ठाउँमा बिहान सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here