अदालतको आदेशपछि राष्ट्रियसभाका तीन सदस्यले लिए शपथ

काठमाडौं, २५ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रिय सभामा मनोनीत तीन सदस्यले आज शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका जेष्ठ सदस्य तारा देवी भट्टले मनोनीत सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेललाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

यसअघि ओली सरकारले मनोनित गरेका सदस्यको सपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ मा अन्तरिम आदेश दिएको थियो । गत बुधबारको इजलासले सपथको बाटो खुलाएसंगै ३ जनाले आज सपथ लिएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८र जना गरी ५६ जना चयन हुने र र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

आज सपथ लिएका तीनै जना राष्ट्रिय सभा सदस्यले राष्ट्रपति निर्वाचनमा मतदान गर्न भने पाउने छैनन् । अन्तिम मतदाता नामावली सार्वजनिक भइसकेको र नामावली संशोधन गर्ने कानुनी व्यवस्था नभएका कारण राष्ट्रपति निर्वाचनमा आज शपथ लिने सदस्यहरुले मतदान गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here