अत्याधुनिक हतियार एक पक्राउ

काठमाडौं,१७ पुस । सिराहाको गोलबजारबाट प्रहरीले अत्याधुनिक हतियार सहित एक जनालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहीले सर्ट मेशिन गन (एसएमजी) सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको धनगढीमाई नगरपालिका–११ बस्ने चतुरनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।  दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चौधरीको साथबाट एकथान एसएमजी, ५ राउण्ड गोली र दुईओटा म्यागेजिन बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here