अत्तरिया कप महिला क्रिकेटमा दुई खेल

web

कैलाली, २२ बैशाख– देशकै सर्वाधिक धनराशि अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।
जस अन्तर्गत पहिलो खेलमा राइजिङ क्रिकेट वुमन काठमाडौँ र कैलाली जिल्ला क्रिकेट एकेडेमी, दोस्रो खेलमा एपिएफ र कञ्चनपुर ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यसैबिच हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एफिएफले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा विभागीय टोली एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले पराजित गरेको हो ।
प्रतियोगितामा भागलिने छ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली छन् । समूह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राइजिङ क्रिकेट वुमन काठमाडाँै र बारा क्रिकेट एकेडेमी रहेका छन् ।
टि–२० प्रतियोगितामा विजेता हुनेले उपाधिसहित दुई लाख तथा उपविजेताले एक लाख हात पार्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here