अत्तरिया कप महिला क्रिकेटमा दुई खेल

कैलाली, २३ बैशाख– अत्तरियामा जारी देशकै सर्वाधिक धनराशीको अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा आजपनि दुई खेल हुने भएका छन् ।
प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल राईजिग क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी तथा दोस्रो खेल कञ्चनपुर –११ र मिलन क्रिकेट एकेडेमी झापाबीच हुने आयोजकले जनाएको छ ।
यसैबीच हिजो सम्पन्न खेलमा विभागीय टोली एपिएफ विजयी भएको छ । लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश गरेको हो । टि–२० प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख हात पार्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here