काठमाडौं,११ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीनको राजधानी बेइजिङमा यही वैशाख १२ गतेदेखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

