अघिकाँस क्षेत्रमा सामान्य बदली, उपत्यकामा पानी पर्यो !

काठमाडौं,३० चैत । देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि बदली भएको छ भने केही ठाउँमा पानी पनि परेको थियो । काठमाडौँ उपत्यकासहित आसपासको क्षेत्र र देशको मध्य पहाडी इलाकामा दिनभर आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले  बताएका छन् ।

पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिनभर जसो आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । पश्चिम पहाडी क्षेत्रको मौसम भने सामान्यतया बदली रहने मौसमविदले बताएका छन् । केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here