अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेमा दुईजनालाई घुससहित रङ्गेेहात पक्राउ

सुरज मेघनाथ
बाँके/ माघ २२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नापी कार्यालय बाँकेमा दुईजनालाई घुससहित रङ्गेेहात पक्राउ गरेको छ । नापी कार्यालयका सर्भेक्षक यम बहादुर खत्री र अर्का लेखापढि गर्ने प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् ।हाल साबिक गरिदिने भन्दै बिचौलिया मार्फत ३५ हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here