काठमाडौं,२७ पुस । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारका कारण आधा कर्मचारी रित्तीएको बताउनुभएको छ । उहाँले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको उल्लेख गर्नुभयो । आज संसदको विधायन समितिमा सांसदको प्रश्नको जवाफ दिदै घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन अझै अन्त्य गर्न नसकिरहेका बतानुभयो ।
उहाँले भन्नुभयोः अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यलयका कर्मचारी ५० प्रतिशत सिद्धिसके । तर हाम्रो नियन्त्रणको निरन्तर प्रयास जारी छ’ । सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटना के हो भनी महानिर्देशक ढकाललाई प्रश्न गरेका थिए ।
उहाँले यातायात कार्यालयमा अहिले धेरै सुधार भएको भन्दै केही चोर प्रवृत्तिका मानिसहरुका कारण समस्या भएको उल्लेख गर्नुभयो । सबै अनलाइन सिस्टममा गएपछि बार्षिक ४ र ५ अर्ब राजश्व उठ्ने गरेकोमा २५ र २६ अर्ब उठेको जानकारी दिनुभयो ।

