अखिलको नयाँ नेतृत्व चयन प्रक्रिया सर्यो

काठमाडौं, ११ भदौं–माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको नयाँ नेतृत्व चयन प्रक्रिया एक दिन पछि सरेको छ ।

निर्वाचन समितिको तयारी नपुगेकाले  मतदान १३ गतेलाई सारिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । पूर्वअध्यक्ष रमेश मल्लको संयोजकत्वको निर्वाचन समितिले आज फेरि संशोधित निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ ।

अखिल क्रान्तिकारीको काठमाडौंमा जारी २१ औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमति नजुटेपछि निर्वाचन हुने लागेको हो । क्रान्तिकारीको अध्यक्षका लागि रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाल लगायतले उम्मेद्वारी दिएका छन् ।

दुई हजार ३४ मतदाताले ३३ पदाधिकारी २ सय ३४ केन्द्रीय सदस्य चयन गर्नेछन् । यस्तै अध्यक्ष नरेन्द्र न्यौपानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधानलाई भने बन्द सत्रले पारित गरिसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here